शुक्रबार, असार २०, २०८२

नागार्जुनको एक रेष्टुरेष्टमा आगलागी

नेपालखोज २०८० वैशाख २७ गते ६:३८

काठमाडौं । नागार्जुनको एक रेष्टुराँमा गएराति आगलागी भएको छ ।

नागार्जुन नगरपालीका–४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको हो ।

१० बजे सुरु भएको आगलागी प्रहरी, स्थानीय र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।

आगोलागीको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया