मंगलबार, जेठ २८, २०८२

पूर्व गृहमन्त्री खाँण पक्राउ

नेपालखोज २०८० वैशाख २७ गते १०:०८

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका उनलाई खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया