बिहीबार, जेठ २, २०८२

नक्कली भुटानी सरणार्थी प्रकरण : हालसम्म ११ आरोपि पक्राउ

नेपालखोज २०८० वैशाख २७ गते ११:३६

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म ११ जना आरोपि पक्राउ परेका छन् । नेपाली नागरिकलाई पैसा लिएर नक्कली भुटानी सरणार्थी बनाउने ठगी कान्डमा नेता तथा मन्त्री समेत तानिदै गएका हुन् ।

प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया