मंगलबार, जेठ २८, २०८२

भुटानी शरणार्थी प्रकरण राज्य विरुद्धकै अपराध : लिङ्देन

नेपालखोज २०८० वैशाख २७ गते १२:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण राज्य विरुद्धकै अपराध भएको बताएका छन् ।

बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यो राज्य विरुद्धकै घोर अपराध भएको बताए ।

उनले भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’ उनले संसदमा अहिलेसम्म भएका कारबाहीबारे जानकारी गराउन माग गरेका छ्न् ।

‘शीर्ष नेताहरु, सरकारको गलत मनसाय छैन प्रष्ट पार्न पनि अहिलेसम्म भएका कारबाहीका प्रगति संसदलाई जनकारी गराउनुपर्यो भनेर माग राख्न चाहन्छौं ।’ उनले भने ।

प्रतिक्रिया