शुक्रबार, जेठ ३, २०८२

पाँच सय ५६ वटा चौरी गाईको पुच्छरसहित चार जना नियन्त्रणमा

नेपालखोज २०८० वैशाख २८ गते ७:४७

काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट वैशाख २७ गते सशस्त्र प्रहरीले करिब २८ लाख ३० हजार रुपैयाँ बराबरको पाँच सय ५६ वटा चौँरी गाईको पुच्छर सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने विकास कुमार महत्त्व, धादिङ जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय उमेश बहादुर बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० वर्षीय सुमन मानन्धर र धनुषा जिल्लाको हसपुर नगरपालिका ४ बस्ने ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।

काठमाडौंबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा उल्लेखित मूल्य बराबरको चौँरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई चौँरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माई स्थान महोत्तरीमा बुझाइएको छ । सो बस समेत आवश्यक छानबिनको लागि सोही शाखामा बुझाइएको छ ।

प्रतिक्रिया