शुक्रबार, जेठ ३, २०८२

थुनुवासँग बस्न नमानेका खाण

नेपालखोज २०८० वैशाख २८ गते १४:०६

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात थुनुवासँग बस्न मानेनन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो ।

बुधवार बिहान पक्राउ परेका खाणलाई अपराह्नसम्म काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो । त्यसपछि प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाण कतै जान तयार भएनन् । प्रहरीले पनि जोडबल नगरेको स्रोतले बतायो ।

खाणलाई प्रहरीले अहिलेसम्म हतकडी लगाएको छैन । यही मुद्दामा पक्राउ परेका बिचौलियाहरूलाई हतकडी लगाएर अदालत लगिँदा खाण भने फुक्का थिए । हाई प्रोफाइल भएकै कारण फरक व्यवहार गरिएको भनेर प्रहरीले आलोचना खेपिरहेको छ ।

तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग सामाजिक सञ्जालमा भएको कुराकानी फेला परेपछि प्रहरीले खाणलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया