शुक्रबार, असार २०, २०८२

जन्ती बाेकेकाे गाडी दुर्घटना हुँदा ३० जना घाइते

नेपालखोज २०८० वैशाख २८ गते २०:५६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावतीतर्फ हिँडेको हेलम्बु यातायातको गाडी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जलबिरे खमारेबाट इन्द्रावती-१० पाटिगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोक गढी नगरपालिका ७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार हुँदैछ भने घाइतेको चौतारा अस्पतालमा हुँदै गरेको एसपी बाल नरसिं राणाले जानकारी दिए ।

प्रतिक्रिया