चितुवाको आक्रमणबाट ३ जना घाइते
नेपालखोज
२०८० वैशाख ३१ गते ८:४४

धनकुटा । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
शनिबार अपराह्न चौविसे गाउँपालिका–५ बोधेस्थित जंगलमा सुँगुरलाई चारो खोज्ने क्रममा २६ वर्षीय मुकेश याखा, ३० वर्षीय भुवन याखा र ३३ वर्षीय पविन याखालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पविनको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने मुकेश र भुवनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुलाई शनिबार राति अस्पताल पुर्याइएको हो ।
सुरुमा मुकेशलाई चितुवाले आक्रमण गर्दा छुट्याउने क्रममा अन्य घाइते भएको जनाइएको छ । मुकेशको हात र खुट्टामा गहिरो चोट लागेको छ ।
सम्बन्धित
प्रतिक्रिया