फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
नेपालखोज
२०८० वैशाख ३१ गते १४:५१

काठमाडौं। तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले फागुनदेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने यस कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् ।
तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् ।
समितिका कर्मचारी तीन महिनादेखि तलब नपाएपछि दिनभर कार्यालय आउँछन् र बेलुकी निराश भएर घर फर्कने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया