शुक्रबार, जेठ ३, २०८२

पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तहरुको म्याद थपका लागि अनुमति

नेपालखोज २०८० वैशाख ३१ गते १७:१८

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंले म्याद थपको अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्ने अनुमति माग्न जिल्ला अदालतमा पेश गरेको थियो । र जिल्ला अदालत काठमाडौंले म्याद थपको अनुमति दिएको छ ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया