आइतबार, असार २२, २०८२

मदन राईलाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने

नेपालखोज २०८० वैशाख ३१ गते १९:०४

काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप लागेपछि राईलाई गत शुक्रबार शुभम् फाउन्डेसनबाटै पक्राउ गरिएको थियो ।

शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।

प्रतिक्रिया