शनिबार, असार २१, २०८२

ढुंखर्क–च्याम्राङबेसी–फाफबारी सडक खण्ड अवरुद्ध

नेपालखोज २०८० जेठ १ गते ७:४५

काठमाडाैं । आइतबार साँझ परेको भारी वर्षाका कारण काभ्रेको बेथानचोक गाउँपालिकाको ढुंखर्क–च्याम्राङबेसी–फाफबारी सडक खण्ड अवरुद्ध भएको छ । बेथानचोक गाउँपालिका–१ स्थित ग्वाभञ्ज्याङमा वर्षाका कारण खसेको पहिरोले उक्त सडक खण्ड अवरुद्ध भएको हाे ।

पहिरोले सडक पूर्णरुपमा क्षति भएकाले महाँकाल गाउँपालिका, खानीखोला गाउँपालिका र वाग्मती गाउँपालिका जोड्ने सडक खण्ड अवरुद्ध हुनुको साथै आवतजावत पूर्णरुपमा बन्द भएको बेथानचोक गाउँपालिकाले जनाएकाे छ ।

पहिरोका कारण आइतबार साँझ ६ बजेदेखि सडक खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउनका लागि पहिरो गएको स्थानमा डोजर पुगिसकेको छ ।

प्रतिक्रिया