शनिबार, असार २१, २०८२

अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स काठमाडौंमा

नेपालखोज २०८० जेठ २ गते ९:५९

काठमाडौं । अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स काठमाडौं आइपुगेका छन् । तीन दिने भ्रमणमा मन्त्री वाट्स चार सदस्यीय टोलीका साथ आज बिहान भुटानको पारोबाट आएका हन् ।

बङ्ग्लादेशको ढाका हुँदै भुटान गएको अष्ट्रेलियन टोली ड्रुक एअरको उडान नम्बर केबी २०४ बाट आज बिहान सवा ८ बजे काठमाडौं आइपुगेको र भ्रमण क्रममा दुई मुलुकका अधिकारीहरुबीच शैक्षिक,नागरिक उड्डयनलगायत विषयमा कुराकानी गर्ने तयारी रहेको बुझिएको छ । त्यसैगरी जनस्तरको मजबुत सम्बन्धलाई थप कसिलो पार्नेबारे पनि काठमाडौं बसाईको क्रममा छलफल हुने सरकारी स्रोतले बताएको छ ।

नेपाल अष्ट्रेलियामा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको संख्याको आधारमा तेस्रो ठूलो मुलुक हो । सहायक मन्त्रीको टोली पर्सि भिस्तारा एअरलाइन्सको उडानबाट नयाँ दिल्ली जाने कार्यक्रम छ ।

प्रतिक्रिया