घट्यो सुनको मूल्य, चाँदीको स्थिर
नेपालखोज
२०८० जेठ ४ गते ११:१७

काठमाडौं । आज बिहीबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा तिन सय रुपैयाँले घटेर एक लाख नौ हजार सात सय रुपैयाँ भएको छ ।
अघिल्लो दिन बुधवार मात्रै प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा भएको तेजाबी सुनको कारोबार आज प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै , आज चाँदी प्रतितोला एक हजार तिन सय ७० रुपैयाँमा स्थिर रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया