ओलीको प्रश्न : कालापानीमा सीमा सुरक्षित नै छ ?
नेपालखोज
२०८० जेठ ७ गते १३:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई कालापानीमा सीमा सुरक्षित नै छ त भनेर प्रश्न गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै ओलीले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका हुन् ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका छन् ।
उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूची ३१ मा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिएको छैन ।’
सम्बन्धित
प्रतिक्रिया