शरणार्थी ठगी प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश
नेपालखोज
२०८० जेठ ८ गते १४:४३

काठमाडौं । प्रहरीले अनुसन्धान गरेको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय अदालतमा मागदावी हुने गरी मुद्दा दायर हुनुपर्ने राय दिइएको छ ।
१६ जना पक्राउ परिसकेका छन् भने १६ जना फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयले बुधबारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्नुपर्नेछ ।
सरकारी वकिल कार्यालयले क–कसलाई के–के मुद्दा लगाउने भन्ने अन्तिम निर्णय गर्ने छ । यसमा प्रहरीले पक्राउ गरेकाहरूलाई प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउन निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलसँग रहन्छ ।
सम्बन्धित
प्रतिक्रिया