मन्त्रिपरिषद्ले पायो पूर्णता, मन्त्री र राज्यमन्त्री नियुक्त
नेपालखोज
२०८० जेठ ९ गते १४:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् भने विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया