नवनियुक्त मन्त्रीहरुकाे शपथ आज
नेपालखोज
२०८० जेठ १० गते ८:३०

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।
राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवले पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १० बजे हुनेछ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया