तीन महिनापछि संसदमा बोलेका डा.भण्डारीले भने, ‘पाठ्यक्रममा व्यवहारिक शिक्षा राख्न सकेनौँ’

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । उनले भने, ‘विद्यार्थीले त जान्नपर्यो नि ।’
‘ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्यो, कानुन बनाउनुर्यो,’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ । जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो ।’
आजको प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागिता जनाउँदै भण्डारीले नेपालमा सुविधा सम्पन्न अस्पताल सञ्चालन सम्भव भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण जनाए ।
भण्डारी गत फागुन ३ मा आफ्नै निवास बुद्ध नगरमा ग्यास लिक भई आगलागी हुँदा घाइते भएका थिए । घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो ।
फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो । उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए ।
प्रतिक्रिया