मंगलबार, वैशाख १८, २०८१

रामकृष्ण परमहंसको शिक्षा

नेपालखोज २०८० जेठ १२ गते ५:३९

स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंससँग सम्बन्धित एउटा घटना छ । परमहंसजीसँग देवी कालीको सानो मूर्ति थियो । यो काली माताको मूर्तिमा सारा ब्रह्माण्डको वास हुन्छ भन्ने कुरा उनी सबैलाई सुनाउँथे ।

एक दिन एक विदेशीले पनि यो कुरा सुने, त्यसपछि रामकृष्ण परमहंसलाई भने कि संसार धेरै ठूलो छ, यो सानो मूर्तिमा यति ठूलो संसार कसरी समाहित हुन सक्छ ? परमहंसले उनलाई एउटा प्रश्न सोधे – एउटा कुरा भन, सूर्य ठूलो छ कि पृथ्वी ? विदेशीले भने – सूर्य पृथ्वी भन्दा धेरै गुणा ठूलो छ। परमहंस जीले सोधे – तिमी भन्छौ कि सूर्य ठुलो छ भने सानो किन देख्छौ ? विदेशीले सूर्य पृथ्वीबाट करिब १५ करोड किलोमिटर टाढा रहेको बताए ।

जसका कारण हामीलाई यो निकै सानो देखिन्छ । परमहंसले भन्नु भयो तपाई सहि हुनुहुन्छ । सूर्य हामीबाट धेरै टाढा छ त्यसैले यो सानो देखिन्छ, जबकि वास्तवमा सूर्य ठूलो छ। त्यसैगरी तिमी पनि मेरी काली आमाबाट टाढा छौ। यसकारण तिमीले यो मूर्तिलाई निकै सानो देखिरहेका छौ । म मेरी आमाको नजिक छु, त्यसैले म उहाँलाई ठूलो देख्छु। तिमी यो मूर्तिमा ढुङ्गा देख्छौ र म यसमा शक्ति देख्छु ।

भक्तिको कुरालाइ बैज्ञानिक नभई भावनात्मक रुपमा लिनुभयो भने बढी लाभ मिल्छ । परमहंस जीले थप्नुभयो – हामी मानवमा रहेको शक्ति बाहेक अर्को शक्ति छ, जसलाई हामी ब्रह्माण्डीय ऊर्जा भन्छौं । जब हामी यो महसुस गर्छौं, तब मात्र तपाईं यसलाई प्राप्त गर्न सक्नुहुन्छ। परमहंस जी को शिक्षा : भक्ति यस्तो कुरा हो, जसलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्नू वा लिनु हुँदैन। भावनात्मक रूपमा भक्ति गरे मात्र यसबाट लाभ मिल्नेछ ।

प्रतिक्रिया