सोमबार, असार २, २०८२

मन्त्रिपरिषद् बैठक सुरु

नेपालखोज २०८० जेठ १४ गते १०:३६

काठमाडौं । आर्थिक वर्ष ०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएकाे छ। बैठक सिंहदबारमा जारी छ।

सरकारले सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दैछ भने जेठ १७ गतेदेखि नै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएको छ ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री लगायतसँग राजनीतिक परामर्श गर्ने छन् भने त्यससँगै कूटनीतिज्ञहरूसँग पनि परामर्श गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया