मंगलबार, असार ३, २०८२

एमालेले गर्यो सदन अवरोध : प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान

नेपालखोज २०८० जेठ २१ गते १२:३८

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको हो ।

आजको बैठक सुरू हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाए ।

प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा सदनमा विशेष समयमा बोल्ने तयारी रहेको थियो ।

साथै अन्य विपक्षी दलहरुले पनि अबरोध गरेका छन् ।

प्रतिक्रिया