मंगलबार, वैशाख १८, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ २१ गते २३:३१

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते ।

नागरिकता विधेयक यथास्थितिमा कार्यान्वयन नगर्न सर्बोच्च अदालतको अन्तरिम आदेश ।

एमाले, रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित ।

राष्ट्रपति रामचन्द्र पौडेलले गरे विभिन्न ६ मुलुकका लागि राजदूत नियुक्त ।

मधेस प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल सुरु ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य प्राथमिकता ।

सुदूरपश्चिम प्रदेशसभामा आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक ।

छुवाछूत गर्नेलाई कानूनी कारबाही गर्न मानव अधिकार आयोगको आग्रह ।

रास्वपाले गरायो डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता ।

ए डिभिजन लिगमा शेर्पा र एनआरटीले बराबरी खेले, संकटाले खुमलटारलाई हरायो ।

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी ।

एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु ।

प्रतिक्रिया