शुक्रबार, असार २०, २०८२

करका लागि करकर नगर्न सरकारलाई विवेकशील नेपाली दलको सुझाव

नेपालखोज २०७७ जेठ २७ गते १६:२१

काठमाडौं। करका लागि करकर नगर्न विवेकशील पार्टीले सरकारलाई सुझाव दिएको छ ।

जेठ ३२ सम्म लकडाउन (बन्दाबन्दी) घोषणा गरेर आम जनतालाई असार ७ सम्म कर तिर भन्ने सरकारको रवैया सरासर अमानवीय, अव्यवहारिक र गैर जिम्मेवारीको पराकाष्ठा भएको विवेकशील नेपाली दलले भनेको छ।

विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ती जारी गर्दै भनेकि छन्, ‘आपतको बेला राज्यले जनताको समस्या सम्बोधन गर्ने हो, सहुलियत दिने हो। अन्य देशका सरकारले सोही अनुरूप काम कारबाही अघि बढाइरहेका छन्। हाम्रो देशमा सरकार नागरिकमैत्री देखिएको छैन।

उद्यमशीलताका निम्ति वातावरण बनाउन सकिरहेको छैन।’ सर्वोच्च अदालतले हदम्यादको सवालमा लकडाउनको अवधिलाई शून्य समय मानेको नजिर स्थापित भएको स्मरण गराउँदै दलले यो समयमा सरकारलाई तिर्नुपर्ने भुक्तानी, कर, बैङ्क, वित्तीय संस्थाको ब्याज लगायत शुल्कमा सहुलियत दिएर उद्यमी अनि व्यापारी नागरिकलाई सरकारले प्रोत्साहन दिन जरुरी रहेको बताएको छ।’

समयमा कर तिर्न आएकालाई केही प्रतिशत छुट दिन र अन्यलाई लकडाउन खुलेको ६ महिना अतिरिक्त समय दिने व्यवस्था मिलाउन दलले सरकार समक्ष माग गरेको छ।

प्रतिक्रिया