मंगलबार, असार ३, २०८२

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा उठ्यो प्रश्न

नेपालखोज २०८० जेठ २२ गते १८:३०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको विषयमा सांसदहरुले प्रश्न उठाएका छन् ।

नेकपा एमालेका सांसद ठाकुर गैरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

सांसद शाहीले भन्सार विभागका पूर्व नायव सुब्बा (नासु)लाई बजेट बनाउने गोप्य कोठामा लगेर करका दर हेरफर गरेको विषय गम्भीर भएको बताए ।

सांसद शाहीले अर्थ मन्त्रालयले अनधिकृत रुपमा करको दर हेरफेर गरेको भए अर्थमन्त्रीमाथि नै कारवाही हुनुपर्ने बताए ।

प्रतिक्रिया