शुक्रबार, असार २०, २०८२

ओमनबाट १ सय ८० नेपाली नेपाल ल्याइदैँ

नेपालखोज २०७७ जेठ २८ गते १५:५६

काठमाडौँ । खाडी मुलुक अन्तर्गत ओमानबाट नेपाल सरकारको प्राथमिकतामा परेका मध्यबाट १ सय ८० जना नेपाली स्वदेश फर्किने भएका छन्।

सलाम एअरमार्फत उनीहरु जुन १५ अर्थात असार १ गते नेपाल फर्काउन लागिएको ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले बताइन्। राजदूत ढकालका अनुसार पहिलो फ्लाइटमार्फत १ सय ८० पीडित नेपाली स्वदेश फर्कने छन् भने अन्य फ्लाइटहरु क्रमशः हुने बताइन्।

नेपाल सरकारको मापदण्डअनुसार नेपाल फर्कन चाहने नेपालीको साथमा एक हप्ता अघि कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतावासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीलाई दूतावासले तोकेको वा आफूलाई पायक पर्ने ठाउँमा पीसीआर जाँच गराउन समेत अनुरोध गरेको छ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि हवाई टिकटका लागि सलाम एअरको कलसेन्टर २४२७२२२२ मा सम्पर्क गर्न दूतावास मस्कटले अनुरोध गरेको छ।

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल गएर होल्डिङ सेन्टरमा बस्न नपर्ने, उनीहरु सिधै घर गई होम क्वारेन्टिनमा बस्न सक्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया