आर्थिक सङ्कट समाधान गर्ने गरी बजेट आएको छ : यादव
नेपालखोज
२०८० जेठ २८ गते १६:१७

काठमाडौं । सांसद दिनेशकुमार यादवले देशको वर्तमान सङ्कटलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘देश अहिले सङ्कटमा छ, त्यो सङ्कटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढङ्गबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ ।’
सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्न गर्नेथलो मधेसलाई बजेटले छुन नसकेको पनि उनले टिप्पणी गरे । किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि २९ गते १ बजे बस्ने भएको ।
सम्बन्धित
प्रतिक्रिया