बुधबार, असार ४, २०८२

बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने माधवकुमार नेपालकाे टिप्पणी

नेपालखोज २०८० जेठ २८ गते २०:०७

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताएका हुन् ।

नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकराले लचकता देखाउनुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको दर्शनमा गएको विषयमा अध्यक्ष नेपालले कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको टिप्पणी गरे ।

प्रतिक्रिया