बुधबार, असार ४, २०८२

प्रतिनिधिसभाको बैठक : बजेटबारे संसद्मा उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री

नेपालखोज २०८० जेठ २९ गते ७:५२


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ । आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची रहेकाे छ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् । 

संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्षको बजेट पेस भएको थियो । बजेटमाथिको छलफल आइतबार सकिएको थियो । बजेटको सत्तारुढ दलका सांसदहरूले नै प्रश्न उठाएका छन् । 

प्रतिक्रिया