शनिबार, वैशाख २७, २०८२

एआइमा सर्वाधिक खर्च गर्दैछन् अरब देशहरू

नेपालखोज २०८० जेठ ३० गते १३:४४

काठमाडाैं । हालैको बजार अनुसन्धानले के देखाउँछ भने केहि धनी तेल उत्पादक खाडी देशहरू जस्तै युएई, साउदी अरेबिया र कतारले एआइ सँग सम्बन्धित प्रविधिहरूमा युरोपेली देशहरू भन्दा बढी खर्च गरिरहेका छन् ।

इन्टरनेशनल डाटा कर्पोरेशनले एआईमा विश्वव्यापी खर्च गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ जसअनुसार मध्यपूर्वका देशहरूले यो वर्ष एआईमा ३ अर्ब डलर खर्च गर्ने छन्, जुन सन् २०२६ सम्ममा बढेर ६.४ अर्ब डलर पुग्नेछ । लगानी वृद्धि जारी रहने बजार अनुसन्धानकर्ताहरू बताउँछन् । खाडी क्षेत्रमा आगामी तीन वर्षसम्म यो प्रविधिमा हरेक वर्ष करिब ३० प्रतिशत खर्च वृद्धि हुने अपेक्षा गरिएको छ । जुन आगामी दिनमा विश्वकै उच्च लगानि हुनेछ ।

एआई एक फराकिलो शब्द हो जसमा डिजिटल प्रविधिहरूको विस्तृत दायरा समावेश छ। यसमा ठूलो डिजिटल डाटाको द्रुत विश्लेषणदेखि ‘जेनेरेटिभ एआई’ सम्मका प्रविधिहरू समावेश छन्। च्याटजीपीटी पनि ‘जेनेरेटिभ एआई’ को एक भाग हो जसलाई एआईको सबैभन्दा रोमाञ्चक विकासहरू मध्ये एक मानिन्छ किनभने यसले जानकारीका साथ अन्तरदृष्टि उत्पन्न गर्न सक्छ। खाडी देशहरूले एआई टेक्नोलोजीमा धेरै खर्च गरिरहेका छन् किनभने यो तेलको आम्दानीभन्दा बाहिर आफ्नो अर्थतन्त्रको विकास गर्ने तिनीहरूको भावी योजनाको महत्त्वपूर्ण भाग हो ।

युएईमा २०१७ मै राष्ट्रिय एआई रणनीति अपनाउने खाडि क्षेत्रको पहिलो देश थियो भने यो कृत्रिम बुद्धिमत्ताका लागि मन्त्री नियुक्त गर्ने विश्वको पहिलो देश समृत हो । त्यसपछि इजिप्ट, जोर्डन, मोरक्को, कतार र साउदी अरेबिया जस्ता धेरै देशले यूएईको पाइला पछ्याउन थाले र तीमध्ये अधिकांशले पछिल्ला तीन वर्षमा युएई कै जस्तो रणनीति अपनाएका छन्।

साउदी अरेबिया विशेष उल्लेखनिय किन छ भने यसले आफ्नो निओम ( NEOM ) परियोजनामा ​​सबै प्रकारका एआई प्रयोग गर्न गैरहेको छ। निओम साउदी अरेबियाको भविष्यको शहर निर्माण योजना हो। यो नयाँ प्रविधिमा लगानी गर्न उनीसँग पैसाको कमी छैन। यो आयोजनामा ​​सरकारी पैसाबाहेक सरकार नियन्त्रित सम्पत्ति कोषबाट पनि लगानी भैरहेको छ ।

खाडी देशहरूमा एआइका बारेमा विभिन्न धारणाहरू छन्। IPSOS को २०२२ को सर्वेक्षणमा मानिसहरूलाई एआइ सम्बन्धी अन्तर्राष्ट्रिय प्रवृत्तिहरूका बारेमा सोधिएको थियो। उपभोग्य वस्तु तथा सेवामा एआईको प्रयोग बढी फाइदाजनक कि हानिकारक ? यस मामिलामा साउदी अरबका जनता निकै उत्साहित देखिएका थिए र उनीहरूले यसबाट बढी फाइदा हुने बताएका थिए । अर्कातर्फ जर्मनहरू यस बारे धेरै सतर्क थिए र केवल ३७ प्रतिशतले मात्र यो बढी लाभदायक रहेको बताए।

प्रतिक्रिया