स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपालखोज
२०८० जेठ ३० गते २१:३६

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मुटुमा समस्या आएपछि आज बिहान बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे आज साँझ जानकारी लिएका हुन् ।
मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया