सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी रहेको बताए ।
उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हक अधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अत्तालिएका छन् ।’
प्रधानमन्त्री दाहालले जनविरोधी तत्वहरु एजेण्डविहीन बनेका र जनतामा नाङ्गिएको पनि बताए । उनले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गरे ।
उनले अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको पहलबाट नै वर्तमान अवस्था आफूहरु बलियो बनेको बताए ।
प्रतिक्रिया