लैङ्गिक पूर्वाग्रह पुरुषमा मात्र होइन महिलामा पनि

काठमाडौं । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले समाजमा महिलाविरुद्धको पूर्वाग्रह अझै पनि गहिरो रूपमा बिध्यमान रहेको बताएको को छ । ‘मी टु’ जस्ता अभियानका बाबजुद विगत एक दशकमा महिलाको छविमा कुनै परिवर्तन नभएको तथ्याङ्कले देखाएको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को यो प्रतिवेदनमा समावेश गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतले कम्तीमा एउटा लैङ्गिक पूर्वाग्रहबाट पीडित भएको बताएका छन्।
लैङ्गिक पूर्वाग्रह पुरुष मात्र होइन महिलामा पनि सामान्य छ। प्रतिवेदन अनुसार, ‘यी पूर्वाग्रहहरू धेरै हदसम्म पुरुष र महिला दुवैमा छन् । यसले यी पूर्वाग्रहहरू गहिरो रूपमा गाँसिएको र महिला र पुरुषहरूलाई समान रूपमा असर गर्ने संकेत गर्दछ।’
लैङ्गिक पूर्वाग्रह सोचमा प्रवेश गरेको छ उदाहरणका लागि विश्वको जनसंख्याको ६९ प्रतिशत मानिस अझै पनि पुरुषहरु महिलाको तुलनामा राम्रो नेता हुन्छन् भन्ने सोच्छन्।
लोकतन्त्रका लागि महिलालाइ समान अधिकार आवश्यक भएकोमा २७ प्रतिशतले मात्र विश्वास गर्छन् । त्यसैगरी करिब ४६ प्रतिशत मानिसले काममा पुरुषको बढी अधिकार भएको मान्छन् भने ४३ प्रतिशत मानिस पुरुषले राम्रो व्यवसाय चलाउँछन् भन्ने विश्वास गर्छन् ।
आश्चर्यजनक कुरा त के छ भने जनसंख्याको एक चौथाई मानिसले पुरुषले आफ्नी श्रीमतीमाथि हात उठाउनुलाई जायज मान्छन्। यसैगरि २८ प्रतिशत मानिसले विश्वविद्यालय जानु पुरुषका लागि बढी महत्त्वपूर्ण छ भन्ने विश्वास गर्छन्।
यस्ता पूर्वाग्रहले महिलाका लागि कठिनाइहरू सिर्जना गर्ने गरेको पनि पाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘लैङ्गिक पूर्वाग्रही सामाजिक मान्यताहरूबाट मुक्त नभएसम्म हामी लैङ्गिक समानता वा दिगो विकास हासिल गर्न सक्दैनौं।’ हेरिबर्टो टापिया यो अनुसन्धान र रणनीतिक साझेदारीका लागि यूएनडीपीको सल्लाहकार तथा रिपोर्टको सह-लेखक हुन ।
टापिया भन्छन , ‘समयसँगै जुन सुधार आएको छ त्यो निकै निराशाजनक छ । पुरुषको तुलनामा महिला बढी शिक्षित भएका ५७ देशमा आम्दानीमा पनि औसत ३९ प्रतिशतको अन्तर रहेको पाइएको छ । शिक्षालाई सधैं महिलाको आर्थिक स्थिति सुधार्ने महत्वपूर्ण माध्यम मानिएको छ तर सर्वेक्षणले सार्वजनिक गरेको विवरणले शिक्षा र आम्दानीबीचको खाडललाई उजागर गरेको छ ।’ –AFP
प्रतिक्रिया