फिलिपिन्समा भूकम्पको धक्का !
नेपालखोज
२०८० जेठ ३२ गते ११:१३

एजेन्सी । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ ।
मनिलामा आज विहान स्थानीय समय १०:३० बजे ६.३ म्यगिनच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् । यसकारण स्थानीय रेल सेवा अवरुद्ध हुन पुगेको थियो । भूकम्पले कुनै ठूलो दुर्घटना भने नभएको फिलिपिन्सको सेस्मोलोजी एजेन्सीले जनाएको छ ।
भूकम्पले कुनै गम्भीर क्षति नभएकाले आजको खेल निश्चित समयमा नै हुनेछ । नेपाली समयअनुसार ४:४५ बजे खेल सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको हो ।
सम्बन्धित
प्रतिक्रिया