बुधबार, असार ४, २०८२

संसदमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

नेपालखोज २०८० असार १ गते ८:१८

काठमाडौं । बजेटमाथि विहीबारेदेखि सुरू मन्त्रालयगत छलफल आज पनि जारी रहने भएको छ ।

संसद सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।

यी मन्त्रालयमाथि विभिन्न सांसदले खर्च कटौतीको प्रस्तावसमेत पेश गर्नेछन् । आज प्रतिनिधिसभा बैठक बिहान ११ बजेदेखि बस्दैछ ।

बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल गरिएको थियो ।

प्रतिक्रिया