बिहीबार, असार ५, २०८२

बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सभामुखको निर्देशन

नेपालखोज २०८० असार ५ गते १६:२२

काठमाडाैं । सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा उनले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अङ्क रहेको पाइएकाले सच्याउन निर्देशन दिएका हुन् ।

आजको बैठकमा छलफलका लागि तय भएको सहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख हुनुपर्नेमा प्रदेश नं ५ उल्लेख भएको भन्दै केही सांसदले विरोध जनाएका थिए ।

विरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । दलका प्रतिनिधिसँगको छलफलपछि सभामुखले कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया