गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
‘अहिले बिहान पनि प्रदेश ६ र ७ मा हल्का वर्षा भइरहेको छ । उनका अनुसार अहिले बिहान प्रदेश २, बागमती र ५ मा घाम लागेको छ। तर केही बेरपछि मौसम बदली हुनेछ।
‘काठमाडौं उपत्यकामा पनि अहिले आंशिक बदली छ, तर केही बेरपछि मौसम पूर्ण बदली हुने महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना छ।
यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
प्रतिक्रिया