बिहीबार, असार ५, २०८२

मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले गरे मुद्दा दायर

नेपालखोज २०८० असार ६ गते १६:३९

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई चुनौती दिँदै उनले रिट दायर गरेका हुन् ।

उनले सरकारको गैरकानुनी र असंवैधानिक निर्णयको खारेजीको माग गर्दै रिट दायर गरेको हुन् । चलाउनेले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्दै बिहीबारका लागि पेशी तोकेको छ ।

प्रतिक्रिया