जनता समाजवादीको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै
नेपालखोज
२०८० असार ७ गते ७:११

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
आगामी असार ९ गतेबाट सुरु हुने केन्द्रीय समिति र १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएकाे विधान मस्यौंदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेस गरिने स्राेतले बतायाे ।
आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउने छन् ।
सम्बन्धित
प्रतिक्रिया