मंगलबार, वैशाख १६, २०८२

अमेरिकामा विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन महिनौ लाग्नेः डा. एन्थनी फाउची

नेपालखोज २०७७ असार १ गते ८:२६

काठमाडौँ । अमेरिकी वरिष्ठ जनस्वाथ्यविद डा। एन्थनी फाउचीले अमेरिकामा विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन महिनौं समय लाग्नसक्ने बताएका छन् ।

उनले कोरोना भाइरसको सक्रमण फैलन नरोकिएको भन्दै यस्तोमा विदेश यात्रामाथिको प्रतिबन्ध खुला गर्नु जोखिम हुने भएकाले महिनौं समय लाग्ने चेतावनी दिएका हुन् ।

अमेरिकाले लकडाउन खुकुलो गरेसँगै त्यहाँ दोस्रो चरणको संक्रमण फैलनसक्ने खतरा औल्याइएको छ । लकडाउन खुकुलो पारेलगत्तै कतिपय शहरमा कोरोना संक्रमणको अवस्था बढ्न थालेको जनाइएको छ ।

गत मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यूरोप, ब्रिटेन, चीन, ब्राजÞीललगायत देशबाट अमरिका आउनेमाथि प्रतिबन्ध लगाएका थिए ।

यो प्रतिबन्ध कोरोना भाइरसको खोप नबन्दासम्म पनि लम्बिन सक्ने टेलीग्राफ अखबारलाई दिएको अन्तर्वार्तामा डा। फाउचीले बताएका छन् । आउँदो हिउँदसम्ममा खोप बन्न सक्ने आशा उनले व्यक्त गरे ।

अमेरिकामा कोरोनामा कारण १ लाख १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने २१ लाख ६२ हजारभन्दा बढी संक्रमित छन् । -एजेन्सी

प्रतिक्रिया