कोकिन व्यापार बढ्दै

संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनअनुसार एक दशकयता विश्वभर लागुऔषध प्रयोगकर्ताको संख्या झण्डै एक चौथाईले बढेको छ । सन् २०११ देखि २०२१ सम्म विश्वभर लागुऔषध प्रयोगकर्ताको संख्या २४ मिलियनबाट बढेर २९.६ मिलियन पुगेको छ । भियनास्थित युएन अफिस अन ड्रग्स एण्ड क्राइम (युएनओडीसी) ले जारी गरेको प्रतिवेदनमा रासायनिक उत्पादनमा केन्द्रित छ।
संयुक्त राष्ट्र संघिय एजेन्सीले मेथाम्फेटामिन र फेन्टानिल जस्ता रसायनिक औषधिहरूको बढ्दो प्रयोगका विरुद्धमा पनि चेतावनी दिएको छ। यससँगै केमिकलबाट बनेका धेरै प्रकारका नयाँ औषधि पनि बजारमा तीव्र गतिमा फैलिरहेको प्रतिवेदनमा उल्लेख छ । यस्ता औषधिहरू सस्ता हुन्छन्, तुरुन्तै बजारमा ल्याउन सकिन्छ र बनाउन पनि सजिलो हुन्छ। प्रतिवेदन अनुसार यस्ता औषधिहरू जुनसुकै ठाउँमा पनि उत्पादन गर्न सकिने भएकाले त्यसको व्यापार अनुगमन गर्न अधिकारीहरूलाई कठिनाइ हुन्छ।
यसको विपरित हेरोइन वा कोकिन नेटवर्कको पहिचान गर्न सजिलो छ किनभने तिनीहरू विशिष्ट देशहरूसँग जोडिएका छन् । यूएनओडीसीले अफगानिस्तानमा तालिबान शासनमा अफिम उत्पादनमा गिरावट आएको संकेत देखेको छ तर अफगानिस्तान अझै पनि अफिमको सबैभन्दा महत्त्वपूर्ण निर्यातक मात्र होइन हेरोइनका लागि कच्चा पदार्थको आपूर्तिकर्ता पनि हो। यसबीच अफगानिस्तान पनि मेथाम्फेटामाइनको प्रमुख स्रोत बनेको छ।
अफगानिस्तानमा सन् २०२२ मा अफिमको उत्पादन देशको कुल गार्हस्थ उत्पादनको ९ देखि १४ प्रतिशत थियो भने त्यहाँ सिन्थेटिक औषधिको उत्पादन पनि तीव्र गतिमा बढिरहेको छ । विश्वभर जफत गरिएका मेथमध्ये झण्डै ९० प्रतिशत यी दुई क्षेत्रका थिए। यी क्षेत्र पूर्व, दक्षिण पूर्व एशिया र उत्तर अमेरिका थिए। प्रतिवेदनमा अफिम खेतीमा कमी आएका कारण रसायनिक औषधिको प्रयोग बढ्न सक्ने चेतावनी समेत दिइएको छ ।
युएनओडीसीले रुसी आक्रमणपछि युक्रेनमा सिंथेटिक लागूऔषधको उत्पादन र ओसारपसारमा वृद्धि भएकोमा चिन्ता व्यक्त गरेको छ । – एएफपी, रोयटर्स
प्रतिक्रिया