वर्षामा छालाकाे एलर्जी हुन नदिन के गर्ने ?
नेपालखोज
२०८० असार १२ गते १९:००

काठमाडाैं । वर्षाको पानीमा भिजेपछि जतिसक्दो चाँडो सफा पानीले नुहाउने ।
नुहाउने पानीमा एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ । एन्टिसेप्टिक नभए नीमको पातलाइ पानीमा उमालेर त्यसको घोल प्रयोग गरि नुहाउने ।
तौलिया, काइयो, साबुन आदि व्यक्तिगत रुपमा मात्र प्रयोग गर्ने तथा व्यक्तिगत सरसफाइमा बिशेष ध्यान पुर्याउने ।
टाइट तथा भिजेको लुगा नलगाउने ।
एक पटक लगाएको कपडा धुन दिने ।
भिजेको लुगा वा जुत्ता नलगाउने ।
नुहाए पछि एन्टी फङ्गल पाउडर प्रयोग गर्ने ।
सम्बन्धित
प्रतिक्रिया