नेकपाद्वारा निशान छाप मतदानमा अनुपस्थित सांसदलाई स्पष्टीकरण
नेपालखोज
२०७७ असार २ गते १९:४८
काठमाडौँ । सत्तारुढ नेकपाले निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरि संविधान संशोधनका लागि शनिबार प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित रहेका आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको छ ।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले ५ दिनभित्र स्पष्टीकरण दिन भन्दै अनुपस्थित ४ सांसदलाई पत्र पठाउनुभएको हो । जेठ ३१ गते भएको मतदानमा नेकपा सांसदहरु हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित थिए ।
नेकपाका ४ सहित उक्त मतदानमा १२ सांसद अनुपस्थित थिए । सरकारले ल्याएको संशोधनको पक्षमा २ सय ५८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो ।
सम्बन्धित
प्रतिक्रिया