आज प्रतिनिधि सभा बैठक बस्दै
नेपालखोज
२०८० असार १७ गते ८:२८

काठमाडौं । आर्थिक विधेयकमाथि छलफलका लागि आज संघीय संसदको प्रतिनिधि सभा बैठक बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ ।
बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक–२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
आजै उनले राष्ट्र ऋण उठाउने विधेयक–२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया