आइतबार, वैशाख १४, २०८२

स्वास्थ्यमन्त्री बस्नेतले गराए पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

नेपालखोज २०८० असार १७ गते १३:३१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिए ।

फोक्सोमा समस्या देखिएपछि उनलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा. अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ ।

यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराएका छन् । अस्पतालका निर्देशक डा. पौडेलका अनुसार आज बिहान उनले दाँतको उपचार गराएका छन् ।

प्रतिक्रिया