गिरिजाप्रसाद कोइराला मेराे प्रेरणाको स्रोत : प्रधानमन्त्री
नेपालखोज
२०८० असार १८ गते १०:५९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् । आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा उनले कम्युनिष्टहरुबीचको एकताले कांग्रेस तरंगित हुननपर्ने र कांग्रेससँग सम्बन्धमा पनि कुनै दरार नआउने बताएका हुन् ।
कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उनले कांग्रेससँगै मिलेर ति राजनीतिक उपलब्धिको रक्षा गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको पुनः स्वीकार गरे । गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया