आइतबार, वैशाख १४, २०८२

इतिहासमै चौथौ पटक ओस्कार अवार्ड स्थगित

नेपालखोज २०७७ असार ३ गते १२:४५

एजेन्सी । प्रतिष्ठित अन्तर्राष्ट्रिय ओस्कार अवार्ड पुनः एक पटक स्थगित भएको छ । इतिहासमै चौथौ पटक ओस्कार स्थगित भएको हो ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेज (ओस्कार) र एबीसी टेलिभिजन नेटवर्ककले सोमबार नयाँ मितिबारे जानकारी दिँदै ९३ औं ओस्कार अवार्ड २०२१ अप्रिल २५ का लागि सारिएको छ ।

महामारीका कारण चलचित्र क्षेत्रमा परेको प्रभावका कारण निर्धारितभन्दा आठ सातापछि ओस्कार अवार्ड हुन लागेको बताइएको छ । एकेडेमीले फिचर फिल्म सहभागिताका लागि क्यालेन्डरमा उल्लेखित डेडलाइन परिमार्जित गरी २०२१ फेब्रुअरी २८ सम्मका लागि तय गरेको छ ।

ओस्कार म्युजियम अफ मोसन पिक्चर्सको ओपनिङ पनि डिसेम्बरदेखि २०२१ को अप्रिल अन्तिमसम्म तय गरेको हो । यस वर्ष हुन गइरहेको ९३ औं ओस्कारमा २०२० मा बनेका उत्कृष्ट फिल्म तथा कलाकारलाई सम्मान गरिनेछ ।

प्रतिक्रिया