आइतबार, वैशाख १४, २०८२

म पनि डिप्रेसनको सिकार भएः अभिनेत्री शिवाकोटी

नेपालखोज २०७७ असार ३ गते १३:००

नेपाल खोज डेस्क,
काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले आफू केही समय डिप्रेसनको सिकार बनेको खुलासा गरेकी छन् । अभिनेत्री शिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा हुने विभेदकै कारण आफू डिप्रेसनको सिकार भएको बताएकी छन् ।

नेपाली चलचित्र उद्योगमा नातावाद, कृपावाद, समूहवाद, गुटबन्दी फस्टाएको अभिनेत्री वर्षाको भनाइ छ । सबै क्षेत्रमा नातवाद, गुटवाद फस्टाएको भए पनि चलचित्र क्षेत्रमा स्पष्ट देखिन गरेको र यही नातावाद र गुटबन्दीका कारण बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेको पनि उनको भनाई छ ।

उनले मंगलबार फेसबुकमा एक स्टाटस लेख्दै आफूले केही समयअघि यो समस्या समाजिक सञ्जालमा उठाउँदा निकै दाबाब खेप्नुपरेको खुलाइन् । आफूजस्तै यहाँ धेरै जना हेपिएको तथा गुटबन्दीको सिकार भएको उनको ठहर छ ।

यस्ता विषयमा बोल्दा भोलि करिअरमै असर पर्न सक्छ भनेर धेरै जना मौन बस्न बाध्य भएको पनि अभिनेत्री वर्षा शिवाकोटीले बताएकी छन् ।

प्रतिक्रिया