कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति
नेपालखोज
२०८० असार १८ गते १९:२८

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने सत्तारुढ गठबन्धनको शीर्ष नेताबिच सहमति भएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो ।
यसैबीच, सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन सत्तारुढ दल सहमत भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया