आइपुग्याे पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप
नेपालखोज
२०८० असार १९ गते १९:१५

काठमाडौं । पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखाले जनाएकाे छ ।
सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने विषयमा छलफल भइरहेको जनाइएकाे छ ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभीविरुद्धको खोप लगाउन लागिएको हो ।
सम्बन्धित
प्रतिक्रिया